कोहलपुर,१ जेठ/ अवैध रुपमा मह विक्रि वितरण गर्ने दुई भारतीय नागरिक मंगलबार कोहलपुरबाट पक्राउ परेका छन् ।
उनीहरु कोहलपुर नगरपालिका–९ झन्डहवाबाट अवैध मह विक्रि वितरण गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा भारतको खलिला बाद घर भई हाल कोहलपुर नगपालिका वडा नं. ८ बस्ने ४८ वर्षिय अलाउद्दिन अन्सारी र सोही ठाउँ बस्ने १८ वर्षिय राजु अन्सारी रहेका छन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट गस्ती खटिएको प्रहरीले उनीहरुको साथबाट १५ लिटरका ४० वटा ग्यालेनमा रहेको ६ सय लिटर मह र १ लिटरको मिनिरल वाटरको बोत्तलमा रहेको २९ वटा २९ लिटर गरी जम्मा ६ सय २९ लिटर मह र महमा मिसावट गर्ने चुक जस्तो तरल पदार्थ १५ लिटरको एक ग्यालेन समेत बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलिले सो नक्कली र गुणस्तरहीन मह बरामद गरेको हो । सो मह बेच्न हिडिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
बरामद महको अवस्था पत्ता लगाउन खाद्य तथा गुण नियन्त्रण कार्यालयमा आबश्यक कारबाहिका लागि पठाईएको प्रहरी नायब उपरिक्षक भट्टराईले बताए ।









प्रतिक्रिया दिनुहोस्