नेपालगन्ज,३० वैशाख/ नेपालगन्जमा जारी अन्तरविद्यालय मेयरकप छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तरगत यु–१४ तर्फ आइतबारको पहिलो खेलमा मुनतारा बोर्डिङ स्कुल विजयी भएको छ । मुनताराले प्रोटेस्टका आधारमा स्प्रिङडेललाई पराजित गरेको हो ।
निर्धारित समयमा स्प्रिङडेलले ३–२ गोल अन्तर बनाएपनि टीममा (स्प्रिङडेलले) उमेर समूहभन्दा माथिको खेलाडी सिद्धान्त क्षेत्रीलाई खेलाएको प्रमाणित भएपछि मुनतारालाई विजयी घोषणा गरिएको हो । यु–१४ तर्फकै दोस्रो खेलमा सगरमाथा स्कुल विजयी भएको छ ।
सगरमाथाले दीपज्योती विद्याश्रमलाई २–० गोल अन्तरले पराजित गरेको हो । सगरमाथाका लागि दुवै गोल सन्तोष महताराले गरेका थिए । त्यस्तै यु–१८ तर्फ पहिलो खेलमा जीभीएन कलेजले भु.पु.सैनिक स्कुललाई दुईका विरुद्ध तीन गोलले हराएको छ ।
जीभीएनका लागि विशाल थापा, समीर चौधरी र आदित्य खड्काले एक÷एक गोल गरेका थिए भने भुपु सैनिकका रुपेश थापा र मनिस थापाले एक–एक गोल गरे । यता १८ वर्षमुनिको दोस्रो खेलमा जीभीएन कलेजले दीपज्योतीलाई पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट कुनै पनि गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो । जहाँ जीभीएनले दुईका विरुद्ध तीन गोलले जित हासिल ग¥यो ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ वर्षमुनि र १६ वर्षमुनि छात्र तथा १६ वर्ष मुनिको छात्रा गरी ३ वटा विधामा प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् ।