बाँसगढीमा वित्तीय साक्षरता कार्यक्रम



रावन बिश्वकर्मा : बर्दिया,३० वैशाख/   महालक्ष्मी विकास बैंक लि. बाँसगढी शाखाको आयोजनामा वाँसगढी न.पा. वडा न. २ राझाँ स्थित श्री नव दुर्गा तरकारी तथा विउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको बाँसगढी न.पा. वडा न. २ का वडा अध्यक्ष तथा प्रमुख अतिथि घमण्ड बहादुर चन्दले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले सबैले बैकमा पहुँच राखी सम्पुर्ण आर्थिक गतिविधि बैंक मार्फतबाट मात्र गर्न आग्रह गरेका थिए ।

साथै वडा अध्यक्ष चन्दले महालक्ष्मी विकास बैंकले संचालन गरेको वित्तिय साक्षरता कार्यक्रम समय सान्र्दभिक र स्रहानीय रहेको र बैंकले यस्ता खालका कार्यक्रम स्थानीय स्तरमा समय–समय गरी राख्नु पर्ने भनि धारण व्यक्त राखेका थिए ।

कार्यक्रमका बैकका शाखा प्रबन्धक दिपेन्द्र वोहराले वितिय साक्षरता सम्बन्धी जानकारीको गराएका थिए । शाखा प्रबन्धक वोहराले बैंकले गर्ने गतिविधि, जनताको बैंकमा हुने पहँुचबाट व्यक्ति हुँदै राज्यले पाउने सक्ने सहयोग र सफलताको वारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा श्री नव दुर्गा तरकारि तथा विउ उत्पादन बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष श्री शेर वहादुर शाही लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमा करिब ८० जनाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३० गते आइतबार