कोहलपुर,२८ वैशाख/ करबारे आम नागरिकलाई सचेतना जगाउने उद्धेश्यले बाँके र बर्दियाका बिभिन्न स्थानहरुमा सडक नाटक प्रर्दशन गरिएकोछ ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको सहयोगमा बासले बाँकेको नेपालगञ्ज, खजुरा, कोहलपुर बर्दियाको गुलरिया र बाँसगढिमा सडक नाटक प्रर्दशन गरिएको हो । बिहीबारदेखि शुरु गरिएको सडक नाटक शुक्रबार सम्पन्न भएको हो ।
कर तिर्न आम नागरिकलाई उत्प्रेरित गर्ने, करदातामैत्री कर प्रशासनका बारेमा जनचेतना जगाउने, कर तिरी देशलाई समृद्धि बनाउन आहवान गर्ने र करबारे प्रचार, प्रसार गर्ने उद्धेश्यले प्रर्दशन गरिएको सडक नाटकमा कलाकारहरु जीत बहादुर थापा, शर्मिला थापा, खुम बहादुर खड्का, गिता गोसाईं लगाएतले अभिनय गरेका थिए । नाटक दुई हजार बढिले अवलोकन गरेका थिए ।
उक्त खजुरा र नेपालगञ्जमा प्रर्दशन गरिएको सडक नाटकमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख जनक राज शर्मा, भन्सार कार्यालय नेपालगञ्जका प्रमुख जनाद्र्धन आचार्य, बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया दिनुहोस्