कोहलपुर,२७ वैशाख/ सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको यात्रुबहाक बस र मोटर साइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको लु १ ख ९५६६ नम्बरको बस र विपरित दिशाबाट आइरहेको भे ७ प ४८८१ नम्बरको मोटरसाइकल सुर्खेतको भेरीगंगा नगरपालिका–१० तालबारीमा बुधबार दिउँसो एक आपासमा ठोकिदा दैलेख गौरी गाउँपालिका–३ का २८ बर्षिय महेश रावतको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाइते शाहीलाई उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई ईलाका प्रहरी कार्यांलय छिन्चुलको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ वैशाख २७ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्