नेपालगन्ज,१३ बैशाख/ नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा ‘लकिङ्ग सिस्टम’ सुरु गरेको छ ।

यो सिस्टम सुरु गरेपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी हुन बन्द हुनेछ । बिहिवार निगमका निमित्त कार्यकारी प्रमुख सुशिल भटट्राई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, इण्डियन आयलका एसएम बोस लगायतको उपस्थितीमा उक्त सिस्टम सुरु गरिएको हो ।
यो सिस्टम सुरु भएसंगै ढुवानीका क्रममा तेल चोरी नहुने आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक बिनितकुमार उपाध्यायले जानकारी दिएका छन् ।
नेपालगन्ज कार्यालय मार्फत १सय १० बढि सवारी साधनले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन् ।
प्रकाशित मिति : २०७५ वैशाख १३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्