कोहलपुर,८ वैशाख/ बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा यही वैशाख १ गते देखि सुरु भएको तेइसौँं वन्यजन्तु सप्ताह शुक्रबार सम्पन्न भएको छ ।
प्रत्येक वर्ष निकुञ्जकले मनाउदै आएको वन्यजन्तु सप्ताह विविध कार्यक्रमको आयोजना गरी शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा समापनमा निकुञ्जका सहायक वन अधिकृत रविन चौधरीले सातौं दिनसम्म निकुञ्जले गरेका गतिविधिबारे जानकारी गराएका थिए ।
वन्यजन्तु सप्ताहको समापनको अवसरमा समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा संजालले चोरी शिकार नियन्त्रण अभियानमा उल्लेखिय योगदान पु¥याए वापत समुका सदस्य गंगादत्त जैशी र शोभाराम वलीलाई नगद ५÷५ हजार तथा प्रशंसापत्र सहित सम्मान गरिएको थियो । सो अवसरमा ९ जनालाई निजी वन दर्ताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
समापन समारोहमा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जापुनले वन्यजन्तुको संरक्षण भए मात्र स्थानीयको सम्वृद्धिको ढोका खुल्ने बताए । साथै उनले सकेसम्म मानव वन्यजन्तु द्धन्द्ध न्युनीकरण गर्न सबै सकारात्मक हुनुपर्ने बताए ।
मध्यविन्दु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर वन्यजन्तु सप्ताहमा मात्र नभएर सबै समयमा संरक्षण गर्नुपर्ने र वन्यजन्तु संरक्षण गरेर मध्यवर्ती क्षेत्रका जनतालाई समृद्धिको बाटोमा लैजाने बताए ।
समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा संजालका अध्यक्ष कृष्ण चौधरीले वन्यजन्तु संरक्षणमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै आगमी दिनमा थप सशक्त रुपमा लाग्ने बताए । सो अवसरमा जङ्गल सफारी समेत गराइएको थियो ।
कार्यक्रममा विशेष अतिथि श्रीमेहर गणका सहायक राजन के.सी. राप्तीसोनारी गाउँपालिका वडा नं.१ का सदस्य रुद्रमणी ढुङगाना, तराई भु—परिधी (ताल) का कृपाल चौधरी, मध्यविन्दु मध्यवर्ती उपभोक्ता समुहका सचिव मोहन खनाल लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्