मन्त्री नमुनाले गरिन् पदबहाली



कोहलपुर।
लामो प्रतिक्षापछि लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद्् विस्तार गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् ।

माओवादी केन्द्रकी नमुनालाई ग्रामीण, खानेपानी तथा सहरी विकास मन्त्री र थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्री नियुक्त गरिएको छ । आइतबार एक समारोहका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीद्वयलाई शपथ खुवाएका छन् । मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । योसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ९ जना पुगेको छ ।

मुख्यमन्त्री चौधरी वैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरीले अझै पनि एउटा मन्त्रालय आफूसँगै राखेका छन् । बाँके क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभामा प्रतिनिधित्व गरेकी मन्त्री नमुनाले शपथ ग्रहणपश्चात आइतबारै पदबहाली गरेकी छन् ।

प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार