नेपालगन्जमा ‘मेयरकप रात्री कबड्डी’ प्रतियोगिता हुँदै



नेपालगन्ज, ७ बैशाख/  लोप हुन लागेको कब्बडी खेलको विकास र आठौ राष्ट्रिय खेलकुदको तयारीमा टेवा पुर्याउने उद्दश्यले नेपालगन्जमा शनिबारदेखि ‘मेयरकप रात्री कब्बडी प्रतियोगिता हुने भएको छ ।

नेपालगन्ज उप–महानगरको सहयोग र मिशन विक्ट्री नेपालको आयोजनामा बैशाख ८ गते शनिबारदेखि वडास्तरिय कबड्डी प्रतियोगिता हुने भएको जानकारी आएको छ ।

कबड्डी संघका अध्यक्ष राहुल अन्सारीले लोप हुन लागेको कब्बडी खेलको विकास र आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा सहयोग हुने उद्देश्यले कबड्डी प्रतियोगिताको आयोजना गरिएको बताए ।

शनिबारबाट सल्यानी बंगलाको स्कुलमा हुने कबड्डी प्रतियोगितामा २० वटा समुहले भाग लिएको आयोजकले जनाएको छ । एक हप्तासम्म सञ्चालन हुने ‘मेयरकप रात्री कबड्डी’ प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोश्रो हुने समूहलाई २५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

नेपालगन्ज उप–महानगरको वडा नम्बर ४ ले समेत सहकार्य गरेको सो प्रतियोगितामा उत्कृष्ट हुने १० जना खेलाडीलाई आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि तालिम समेत दिईने मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ७ गते शुक्रबार