नेपालगन्ज कपमा आज दुई खेल हुँदै



कोहलपुर,४ बैशाख/  बाँकेको कोहलपुरमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेल एयाब्रोल लुम्बीनी यात्रीज र जिसान बाँके ब्लास्टर बिच खेल हुँदैछ ।

यस्तै दोस्रो खेल एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु’ कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच प्रतिस्पर्धा हुने टुर्नामन्ट डाईरेक्टर सौगात विक्रम शाहले जानकारी दिनुभयो ।

यसअघि हिजो भएको पहिलो खेलमा आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ६ विकेटले पराजित गर्दै बाँके ब्लास्टर विजयी भएको थियोे । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा हिजोदेखि जारी खेल १२ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा विजेता टिमले १ लाख १० हजार तथा उप विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ४ गते मंगलबार