दैलेख, २९ चैत/ दुल्लु नगरपालिका नेपालकै पहिलो प्रविधियुक्त नगरपलिका बन्ने भएको छ । दुल्लु नगरपालिकामा प्रविधियुक्त अप्टीकल फाइवर विछ्याउने सम्बन्धी छलफल भएपछि प्रविधियुक्त नगरपालिका बन्ने भएको हो ।
दुल्लू नगरपालिकामा रहेका स्वास्थ्यसंस्थामा स्तरवृदि गर्नको लागि ६ वटा स्वास्थ्य संस्थामा टेलीमेडिसियन जडान गरिने छ ।
मध्य पहाडीको सिमा जोडिएको घियातिदु देखी बिनायक सम्म १० किलोमिटर अप्टीकल फाइवर बिस्तार गरिने नगरपालिकाले जनाएको छ । दुर स्वास्थ्य कार्यक्रम अन्तरगत सेवा विस्तार गरेर स्वस्थ्य संस्थाको स्तरवृदिमा टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।
विहीबार दुल्लू नगरपािलकामा एक कार्यक्रमको आयोजना गर्दै अप्टीकल फाइबरको विस्तारले दुल्लू नगरपालिकामा इन्टरनेटको पहुचलाई स्तरवृद्धिमा टेवा पुग्ने छ ।
नेपाल सरकारले कर्णाली प्रदेशमा दुल्लू नगरपालिकालाई स्मार्ट सिटी घोषणा गरेको हुँदा सूचना प्रविधीमैत्री नगर बनाउनको लागि अप्टीकल फाइवर विस्तारमा पहल गरेको नगर प्रमुख घनश्याम भण्डारीले बताए ।
अहिले १० किलोमिटर अप्टीकल फाइवर बिक्षाउने काम भए पनि निकट भविष्यमा नगरपालिकामा रहेका २०० किलोमिटर सडकमा बिछ्याइने र प्रत्येक वडामा जडान गरिने नगर प्रमुख भण्डारीले बताए ।
भण्डारीले भने दुल्लू नगरपालिकाको नेटवर्क सर्भिस बनाउनको लागि ५१ प्रतिशत नगरपालिकाको र ४९ प्रतिशत स्थानीयको सेयर लगानी गरिने छ ।-dullukhabar









प्रतिक्रिया दिनुहोस्