जनता माविले मनायो ५८औं वार्षिकोत्सव



कविद्र परियार : कोहलपुर,२७ चैत/  बाँकेको राप्तीसोनारी—९ बुचापरस्थित जनता माध्यामिक विद्यालयको ५८औं वार्षिकोत्सव तथा नतिजा प्रकाशन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नं.९ का वडाध्यक्ष महाविर वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलीले विद्यालयको विकासका लागि वडाबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक भद्र बहादुर के.सीले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयकी शिक्षिका शुसिला हमालले स्वागत मन्तव्य राखेसंगै सुरु भएको कार्यक्रममा शैक्षिक सत्र २०७४ को नतिजा प्रकाशन गर्नुका साथै शैक्षिक शत्रमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

वार्षिक उत्सवमा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं.९ की वडा सदस्य मिना विष्ट के.सी, उद्दैन ढकेरी खानेपानी तथा सरसफाइ कार्यक्रममा अध्यक्ष लक्षिराम के.सी, माओवादी केन्द्र राप्तीसोनारी ९ का वडा अध्यक्ष दल बहादुर खड्का, झिझरी बागेसाल सिँचाई आयोजनाका अध्यक्ष डम्मर शाही, झिझरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पल बहादुर के.सी सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर वली नेपाल राष्ट्रिय मा.वि अगैयाका शिक्षक पुर्ण बहादुर के.सी कानुन व्यवसायी संघ बाँकेका पुर्व अध्यक्ष धन कुमार घर्ती समाजसेवी, बुद्धीजिवी शिक्षक अभिभावक लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पत्र सिँह के.सीको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यालयका शिक्षक मिन बहादुर के.सी ले कार्यक्रमको संचालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २७ गते मंगलबार