ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ



काठमाडौं,२० चैत/  ठमेलको मनाङ होटल अगाडि ड्यूटी गरिरहेका ट्राफिक प्रहरीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

होटल अगाडि ड्यूटी गरिरहेको अवस्थामा बा १५ च ८९४४ नम्बरको प्राइभेट कार निषेधित क्षेत्रमा पार्किङ गरेर गएको गाडिलाई प्रहरीले कारवाहीका लागि पिछा गरेको थियो ।

प्रहरीले गाडी चालकलाई ठमेल सातघुम्तीमा रोकेको थियो । गाडी रोक्न लगाएर प्रहरीले आवश्यक कागजात माग्दा गाडीभित्र रहेका तीन जनाले प्रहरीमाथि नै हातपात गरेका थिए ।

उनीहरुले ड्यूटीमा खटिएका ती प्रहरीलाई करेन्ट लगाइदिने भन्दै गाली–गलोचसहित धम्की दिएर हातपात गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रहरीलाई हातपात गरेपछि स्थानीयबासिन्दाको सहयोगमा हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । -ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २० गते मंगलबार