नेपालगन्ज,१७ चैत/ नेपाल पत्रकार महासंघको ६३औँ स्थापना दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पत्रकार महासंघका पुर्व केन्द्रिय पदाधिकारी, जिल्ला पदाधिकारी लगाएत बाँकेमा क्रियासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निबर्तमान केन्द्रिय सदस्य झलक गैरेले अग्रजहरुले दिएको योगदानको संरक्षण गर्दै अघि बढन सके आउने पुस्ताले पनिी त्यसको संरक्षण गर्ने बताए ।
यस्तै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रेम केसीले महासंघले स्थापना दिवस मनाइरहँदा जिल्लामा रहेका निश्क्रिय पत्रकारहरुलाई सक्रिय बनाउन र सक्रिृय हुन नसके महासंघको सदस्यबाट बिदाई गर्न आवश्यक रहेको उल्लेख बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पुर्व अध्यक्ष निरज गौतम, रुद्र सुबेदी पे्रस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिक, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल लगाएतले शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघको लोगो अंकित केक काटेर खुसी साटासाट गरिएको थियो ।
यस्तै बर्दिया शाखाले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले मानव अधिकार,लोकतन्त्र र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्न नेपालका पत्रकारहरुले खेलेको भुमिकाको प्रशंसा गरेका छन् ।
संघको ६३औं स्थापना दिवसको अवसरमा शुक्रवार गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धितालले लोकतन्त्र बिना पत्रकारिता र नागिरिक स्वन्त्रता असंभव रहेको बताउदै लोकतन्त्र ,स्थिरता ,शान्ति , विकास र समृद्धिको लागि पहरेदारको रुपमा उभिन पत्रकारहरुलाई आग्रह गरे ।
प्रेस क्लब अफ नेपाल (पी सी एन )का केन्द्रिय अध्यक्ष एंव नेपाल पत्रकार महासंघका प्रदेश सभा सदस्य यमनाथ घिमिरेले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएको सन्र्दभमा राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गरि सोही नीति अनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका गर्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गरे ।
नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारी, प्रेस चौतारीका जिल्ला सचिव यज्ञ सापकोटा नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष यादव आर्चाय, संस्थापक अध्यक्ष बिष्णु तिमिल्सिना लगायतले अवसको अवसरमा जिल्लास्थित संचारकर्मी लगायत सबैलाइ शुभकामना दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्