विकास र समृद्धिका लागि सहकार्य आवश्यक



रावन विश्वकर्मा : बर्दिया,१६ चैत/   बाँसगढी क्षेत्रको विकास र समृद्धिका लागि सबैको साथ र सहकार्य अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

बिहिबार बाँसगढी उद्योग वाणिज्य सँघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
संघिय संरचना अनुसार स्थानीय सरकार गठन भएकाले हरेक क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा बोल्ने सबै वक्ताहरुले सँघको नेतृत्व छनोट गर्दा पनि सर्वसम्मत रुपमा सक्षम योग्य नेतृत्व छनोट गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बाँसगढी हरेक क्षेत्रले सुसम्पन्न भएकाले विकासको लागि स्थानीय सरकार र निजी क्षेत्र बिचको सहकार्य आवश्यक रहेकोमा बताए ।

त्यस्तै प्रदेश महासँघ सदस्य तथा नेपालगञ्ज उद्योग वाणिज्य सँघका अध्यक्ष नन्दलाल वैश्यले व्यवसायीहरु करदाता, चन्दादता र मतदाता मात्र नभई राष्ट्र निर्माता समेत रहेकोमा जोड दिए ।

त्यस्तै बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरीले बाँसगढी क्षेत्रको विकास र प्रगतिका लागि गुरु योजना बनाएर निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाइन् ।

बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष कटक बहादुर बिसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महासँघ सदस्य नरेन्द्र शर्मा, बाँसगढी उद्योग वाणिज्य सँघका संस्थापक अध्यक्ष पुष्पराज बराल, महासँघका सल्लाहाकार पुर्ण प्रसाद आचार्य, सोदे बिष्ट, केशव राज पौडेल, रामचन्द्र अधिकारी, नेकपा एमालेका नगर संयोजक तिलक हमाल, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष भिमबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका नगर ईन्चार्ज तोयानाथ अधिकारी, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख चक्रबहादुर डम्बर पाल, बर्दिया बहुमुखी क्याम्पसका अध्यक्ष सबिन कुमार थापा, प्राचार्य ईश्वरी प्रसाद रिजाल लगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सँघका वरिष्ठ उपाध्यक्ष रामसिङ थारुले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव बिष्णु प्रसाद पौडेलले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार