हुम्ला,१४ चैत/ हुम्ला सदरमुकाम सिमकोटमा पुरानो खियालागेको सकेट बम भेट्टिएको छ । जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला अस्पतालबीचमा रहेको गहुँबारीमा प्रहरीले सकेट बम फेला पारेको हो ।
गहुँबारीमा शंकास्पद वस्तु देखेपछि प्रहरीले सेनाको टोलीलाई खबर गरेको थियो । अहिले सेनाको डिस्पोजल टिमले निष्कृय पार्ने तयारी गरी रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
सेनाको टोलीले त्यो वस्तु हेर्दा पुरानो सकेट बम भएको र निष्कृय गर्नका लागि टोली तयारीमा लागेको हुम्ला जिल्लाका सेना प्रमुख सेनानी देवबहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।
खिया लागेको उक्त सकेट बम द्वन्द्वको समयमा फालिएको वा कुकुरले कतैबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । शंकास्पद वस्तु भएको स्थान वरीपरी नेपाल प्रहरीले सुरक्षाको व्यवस्था मिलाएको छ ।
प्रकाशित मिति : २०७४ चैत १४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्