कोहलपुर,१२ चैत/ कोहलपुर स्थित कोहलपुर मोडल कलेजले व्यवस्थापन संकायमा यस क्षेत्रमै पहिलो पटक स्नाकोत्तर (एमविएस) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
कार्यक्रमको एक भव्य समारोहका विच व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर डिल्लीराज शर्माले एमविएस कार्यक्रमको उद्घाटन गरेका
हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रा.डा.शर्माले मोडल कलेज कोहलपुर क्षेत्रमा मात्र नभएर राष्ट्रिय स्तरमै व्यवस्थापन संकायको नमूना कलेज भएको भन्दै छोटो समयमै उल्लेखनिय प्रगति गर्दै एक अलग्गै पहिचान बनाउन सफल भएको बताए ।
विविएस कार्यक्रम जस्तै एविएस कार्यक्रम पनि सफलताका साथ सञ्चालन गर्न सकोस भनि शुभकामना समेत दिँदै एमविएस सेमेस्टर प्रणालीका अवसर र चुनौतीबारे शिक्षक विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
यस्तै कार्यक्रमका विशिष्ठ विद्यार्थीहरुलाई प्रशिक्षण दिनुका साथै एमविएस कार्यक्रम सञ्चालन गर्न लागेकोमा केएमसी परिवारलाई शुभकामना समेत दिएका थिए ।
अर्का विशिष्ठ अतिथि त्रिवि स्कुल अफ म्यानेजमेन्टका निर्देशक प्रा.डा.महानन्द चालिसेले एमविएस कार्यक्रमको परीक्षा मूल्याङकन विधि, शिक्षण विधि, केस स्टडीका बारेमा शिक्षक विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै कार्यक्रमको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरेका
थिए ।
सोही अवसरमा एमविएसका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम समेत गरिएको थियो । स्वागत कार्यक्रममा कलेजका उपप्रध्यापक शिद्धराज ओझा, ऋषिराम शर्मा र रञ्जिता अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कलेजका उपप्रध्यापक मान बहादुर खड्काले गरेका थिए । कार्यक्रम कोहलपुर स्थित चारतारे होटल सेन्ट्रल प्लाजामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्