धनगढी प्रिमियर लिगका सर्वोत्कृष्ठ खेलाडीले सुनको जुत्ता पािउने



काठमाडौं,११  चैत/  चैत १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा गोल्डस्टार शु फुटवेयर पार्टनर बनेको छ ।

गोल्डस्टारले प्रायोजनबापत १६ लाख रुपैयाँ आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीएल)लाई दिनेछ । सोसम्बन्धी सम्झौतामा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।

गोल्डस्टारको ९ लाख रुपैयाँ नगद र बाँकी अरु सहयोगकारुपमा रहने बताइएको छ । गोल्डस्टारसँगको सम्झौतापछि डीपीएलका ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एउटा सुनको जुत्ता पुरस्कार दिने निर्णय भएको छ ।

यसअघि, ‘प्लेयर अफ द सिरिज’लाई दिने मोटरसाइकल पुरस्कार यथावत् रहेको आयोजकले जनाएको छ । ६ टिम सहभागी हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

imagekhabar.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ११ गते आइतबार