छात्रावृतीमा राजनितिक चलखेल गरेको भन्दै विज्ञेप्ती मार्फत २४ घण्टे अल्टीमेट



बाँकेको कोहलपुरस्थित बागेश्वरी बुहुमुखी पब्लिक क्याम्पसमा रहेका तीन विद्यार्थी संगठनहरुद्वारा छात्रावृती नतिजाप्रति असुन्तुटि जनाएका छन् । गत मंगलबार प्रकाशन गरिएको विएड तेस्रो वर्षको छात्रावृती नतिजाप्रति फारम नभरेका, फारम भरेका मध्यपनि राजनितिक चलखेल, नातावाद, कृपाबाद गरेको भन्दै प्रेश विज्ञेप्ती मार्फत २४ घण्टे अल्टीमेट समेत दिएको राष्ट्रवादी विद्यार्थी एकाई समितिका अध्यक्ष विजय काफ्ले बताए । उक्त प्रेश विज्ञेप्तीमा राष्ट्रवाद विद्यार्थी संगठनका विजय काफ्ले, नेविसंका प्रतिनिधि मदन विसी, नयाँ शक्ति विद्यार्थी यूनियनका प्रतिनिधि संङगम पोखरेल लगायतको हस्ताक्षर गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ८ गते बिहीबार