मिसन समाचारदाता चैत ८/भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जनताको चित्त बुझ्ने गरी आफूले काम गर्ने बताइन् । संयुक्त वाम गठबन्धन कोहलपुर नगर कमिटीले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले अव्यवस्थित भूमिलाई व्यवस्थापन गरिने र कृषिलाई निर्वाहमुखी बनाइने बताइन् । कसैले अधिया लगाइदिने र अरु कसैले परिश्रम गरेर आफू कृषक भन्ने अवस्था रहेको उनले बताइन् । तर, वास्तविक कृषक भने पीडामा रहेको उनको भनाइ छ । मन्त्री पौडेलले सहकारीले बचत उठाउने, ऋण लगाउने कामले मात्र सहकारीको कर्तव्य पूरा नहुने बताइन् ।
सहकारीकर्मीको सामूहिक पेशा जसले उत्पादन गर्ने, प्रशोधन गर्ने, बजारीकरण गर्ने काम गर्न सकियो भने किसानले पाउनुपर्ने वास्तविक मूल्य पाउने
बताइन् । बाँकेबाट आरती पौडेल मन्त्री बनेपछि विभिन्न संघसंस्था राजनीतिक दल, टोल समितिले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेका थिए ।
बुधबार वामठबन्धन नगर कमिटी कोहलपुर, नेपालगन्जमा एमाले कार्यकर्ता, कोहलपुर उद्योग वाणिज्य संघ, चप्परगौडी टोल सुधार समितिले समेत
स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेका थिए । त्यस्तै नेपालगन्जमा स्वागत तथा बधाई कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले राजधानी जहाँ भएपनि प्रत्येक व्यक्ति, समुदाय लगायतले विकासको प्रत्याभूति समानरूपमा गर्ने विश्वास दिलाएका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ८, २०७४