अन्तर क्याम्पसस्तरीय भलिबल प्रतियोगिताको उपाधि महेन्द्रलाई



कोहलपुर,५ चैत/    कोहलपुरमा भएको अन्तर क्याम्पसस्तरीय भलिबल प्रतियोगिताको उपाधि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ले हात पारेको छ । होलिल्याण्ड उच्च मावि नेपालगञ्जलाई पराजित गर्दै महेन्द्रले उपाधि हात पारेको हो । 
विजेता महेन्द्र  बहुमुखी क्याम्पसले १२ हजार र उपविजेता होलिल्याण्डले आठ हजार नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र हात पारे । प्रतियोगिता स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी क्याम्पसको आयोजनामा भएको प्रतियोगितामा ९ टिमको सहभागिता थियो ।
बाँकेका रहेका विभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको अन्तर्निहित क्षमताको विकास गर्नका लागि खेल खेलाइएको आयोजकले जनाएको छ ।
यस्तै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीबीचको आत्मीय सम्बन्ध स्थापित गर्न
र विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई थप टेवा पु¥याउन खेलकुद महत्वपूर्ण हुने बताए ।
स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी पब्लिक  क्याम्पस कोहलपुरका सभापति दिनेश केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु, क्याम्पसका प्राध्यापक, खेलाडी विद्यार्थीहरुको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ५ गते सोमबार