अभिमुखीकरण कार्यक्रम सम्पन्न



नेपालगञ्ज,३ चैत/  नेपालगञ्जस्थित उप महानगरपालिकाको आयोजनामा जोखिम परिस्थितीमा रहेका बालबालिकाहरुको उद्धार तथा पुर्नस्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई युनिसेफको सहयोग, बास नेपालगन्ज र रुसुफ बाँकेको संयुक्त सहजीकरणमा अभिमुखीकरण सम्पन्न भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उप प्रमुख मगरले अप्ठेरोमा परेको बालबालिकाहरुको पुर्नस्थापनाका लागि उपमहानगरपालिका सदैव तयार रहेको बताए ।

जोखिममा परेका बालबालिकाहरुको पुर्नस्थापना तथा उद्धार चुनौती पूर्ण भएपनि सबैले एकजुट भएर लागेमा सहज हुने उनको भनाई थियो । कार्यक्रममा युनिसेफ नेपालगन्जका बाल संरक्षण अधिकृत राम प्रशाद गौतमले बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कार्य कानुनी रुपमा जटिल रहेको भन्दै स्थानीय तहले सहजता ल्याउनु पर्नेमा जोड दिएका थिए ।

नेपालगन्ज उप महानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, जिल्ला समन्वय अधिकारी हरिकृष्ण ज्ञवाली, जिल्ला स्थित बाल उद्धार समिति, बाल मैत्री स्थानीय समिति, बाल संरक्षण समिति, बाल क्लब संजाल, विभिन्न सरोकारवालाको सहभागिता रहेको थयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३ गते शनिबार