प्रश्नपत्र बाहिरिएपछि कक्षा ८ को परिक्षा स्थगित



रावन बिश्वकर्मा : बाँसगढी,२ चैत्र/   बर्दियाको बाँसगढीमा प्रश्न पत्र बाहिरीए पछि कक्षा ८ को परिक्षा स्थगित भएको छ ।

बिहिबार देखि सुरु हुने भनिएको परिक्षा लालीगुराँस माध्यामिक बिद्यालय माछागढबाट सबै बिषयका प्रश्न पत्र बाहिरिए पछि परिक्षा स्थगित गरिएको हो । स्थगित परिक्षा सञ्चालन सम्बन्धी आवश्यक छलफल भईरहेको जनाईएको छ ।

परिक्षा सञ्चालनको बिषयमा शुक्रबार आवश्यक छलफल गरि कक्षा ८ को परिक्षा कति गते देखि सञ्चालन गर्ने बिषयमा निर्णय गरिने र शुक्रबार नै परिक्षाको समय तालिका सार्वजनिक गरिने विद्यालय निरिक्षक रविलाल मिजारले जनाए ।

प्रश्न पत्र आउट गर्ने लालिगुराँस मावि माछागढमा कक्षा ८ मा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले जानकारी दिए ।

कक्षा ९ को विद्यार्थीले प्रश्न पत्र अनुसार जस्ताको तस्तै चिट बनाएर ल्याए पछि कक्षा ८ को प्रश्न पत्र चेक गर्दा सबै विषयको प्रश्न पत्र बाहिरिएको थाहा भएको बुझिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार