एस मदरल्याण्डको छैंठौ वार्षिक उत्सव सम्पन्न



कोहलपुर,२७ फागुन/   बाँकेको कोहलपुर नगरपालिका—११ स्थित एस मदरल्याण्ड स्कुलको छैठौं वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ । वार्षिक उत्सवमा कोहलपुर नगरपालिका वडा न. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी थापाले विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरी देश विकासमा सहयोग पु¥याउनु पर्ने बताए । साथै रोजगारी मुलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारको सृजना गर्ने शिक्षा अहिले आवश्यकता भएको बताए ।

कार्यक्रममा विद्यालय संचालक समिति सदस्य गणेश पौडेलले आगामी नयाँ शैक्षिक सत्र देखी आफ्नै नयाँ भवनामा पूर्ण मन्टेश्वरी विधिबाट अध्यापन गराईने बताए । वार्षिक उत्सवमा विद्यालयका विद्यार्थीहरुले आफैले निमार्ण गरेका थुप्रै सामाग्री प्रर्दशनी गर्नुका साथै नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।

साथै वार्षिक उत्सवमा वर्षभरीमा संञ्चालन भएका अतिरिक्त क्रियाकलाप तथा शैक्षिक स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई तथा पुरस्कार समेत वितरण गरिएको थियो । सो अवसरमा महिला अभिभावक हरुलाई तातो आलु खेल खेलाईएको थियो भने विद्यार्थीहरुले शिक्षा सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखाका विद्यालय निरिक्षक दान बहादुर विष्ट ज्ञानमैत्री कलेजका संस्थापक निम बहादुर रावत, कोहलपुरका, अभिभावक,शिक्षिक,विद्यार्थी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय संञ्चालक समितिका सल्लाहकार श्री प्रताप देवकोटाको सभापत्विमा सम्पन्न भएको थियो भने विद्यालयका प्रिन्सिपल गोविन्द राज रेग्मीले कार्यक्रमको संञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २७ गते आइतबार