19 June 2024  |   बिहिबार, असार ७, २०८१

एभरेष्ट सैनिक स्कुलको बाईसौं वार्षिक उत्सव सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४  

कोहलपुर,२६ फागुन /   बाँकेको कोहलपुर नगरपालिका — ११ स्थित एभरेष्ट सैनिक माध्यामिक विद्यालयको २२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिक उत्सवको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी रावतले विद्यालयहरुले सैद्धान्तिक शिक्षा सगै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । वार्षिक उत्सवमा विद्यालयका प्रधानाध्यापक सुरत के.सीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सवमा विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गर्नुका साथै थुपै्र नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरेका थिए भने सुपर डान्स प्रतिस्पर्धा समेत फाईनल भएको छ । त्यस्तै कार्यक्रममा फेसन सो, तथा तेक्वान्दोका आर्कषण खेलहरु समेत देखाइएको थियो ।

सो अवसरमा विद्यालयकी शिक्षिका सिर्जना ढकाललाई उत्कृष्ट शिक्षिका रुपमा सम्मान गरिएको थियो । साथै वार्षिक उत्सवमा वर्षभरीमा संञ्चालन भएका अतिरिक्त क्रियाकलाप तथा शैक्षिक स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मी, बागेश्वरी बहुमुखी पब्लिक क्यापम्स कोहलपुर संचालक समिति सदस्य सुर्य ढकाल, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई, घरेलु तथा साना उद्योग कोहलपुर नगर कमिटी अध्यक्ष हेम विक्रम जि.सी अभिभावक,शिक्षिक,विद्यार्थी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय संञ्चालक समिति अध्यक्ष चक्रपाणी सापकोटाको सभापत्विमा सम्पन्न भएको थियो भने संचारकर्मी पवित्रा परियार र विद्यालयका शिक्षक राजु दहालले कार्यक्रमको संचालन गरेका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४     7:32:37 AM  |