नेपालगञ्ज,२४ फागुन/ भेरी साहित्यीक समाज नेपालगन्जले बिहिबार साहित्यीक क्षेत्रमा कलम चलाउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
लक्षिमा शेर बहादुर रानाभाट २३औं स्मृतिमा प्रथम पुरस्कार तथा सम्मान कार्यक्रम गरी साहित्यीक क्षेत्रमा कलम चलाउने व्यक्तित्वलाई सम्मान गरेको हो ।
लक्षिमा शेर बहादुर रानाभाट स्मृति पुरस्कारबाट महिला महाकवि बुनु लामिछाने र साहित्यकार सनत रेग्मी सयुक्त रुपमा सम्मानित भएका हुन् ।
सम्मानित दुवैजनालाई नगद ११ हजार १ सय ११ रुपैयाँ नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै भेरी साहित्य समाजले राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोतम खनाल, प्रध्यापक डा. सुधा त्रिपाठी, खगेन्द्र गिरि कोपिला र नरेन्द्र जंग पिटरलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।
अन्तराष्ट्रिय नारी दिवस एवं बहुभाषिक कवि गोष्ठी राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोतम खनालको प्रमुख आतिथ्यतामा र भेरी साहित्यीक समाजका अध्यक्ष हरि तिमिल्सेनाको सभापतित्वमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्