अन्तर मा.वि.स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



कोहलपुर,२२ फागुन/  बाँकेको बैजनाथ—६ जी गाउँमा १०८ औं अन्तराष्ट्र्रिय नारी दिवसको अवसरमा लैङ्गिक विभेद र स्वास्थ्य विषयक वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

बैजनाथ गाउँपालिका शिक्षा समितिको समन्यवय तथा बैजनाथ गाउँपालिका स्वास्थ्य समितिको आयोजनामा भएको श्रोत केन्द्र स्तरिय अन्तर मा. वि विद्यालय स्तरिय वक्तृत्वमा प्रतियोगितामा प्रभात मा.वि जी गाउँकी छात्रा सपना परियार प्रथम भगवती मा.वि हसनापुरका छात्रा संञ्जु विश्वकर्मा द्वितीय, बि.पी.मेमोरियल स्कुलकी गाभरकी छात्रा काशी कन्या उपाध्याय तृतिय तथा ईश्वरी मा.वि एच गाउँका छात्र करण वलीले सान्तवना स्थान प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २ हजार ५ सय,द्धितिय हुनेलाई २ हजार तृतिय हुनेलाई १ हजार र ५ सय तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै प्रमुख अतिथी बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख खिम प्रसाद ढकालले यो प्रतिस्पर्धाको युग भएकाले विद्यार्थीहरुले पढाई संगै सिर्जनशिल कुरामा पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका सामाजिक समितिका संयोजक भद्र बहादुर बस्नेत,स्वास्थ्य शाखा प्रमुख गणेश थापा बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य पदमा रोकाय, प्राथामिक स्वास्थ डा.सुदिन कायस्थ,शिक्षिक ज्ञानोदय मा.वि की खजुराकी शिक्षिका नुतन पौडेल लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा १७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २२ गते मंगलबार