3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

ट्याक्टरले किचेर जुम्लामा एक गर्भवतीको मृत्यू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४  

जुम्ला,२१ फागुन/ जुम्लामा ट्याक्टरले किच्दा सोमबार एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।

सदरमुकामको पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६त २५७२ नम्बरको ट्याक्टरले किच्दा चन्दननाथ नगरपालिका–३ निवासी २५ वर्षीया हीरा अधिकारीको मृृृृत्यु भएको हो । १२ वर्षीया सविना शाही घाइते भएकी छन् ।

ट्याक्टरले सविनाको खुट्टा किच्न लागेको देखेर उनलाई बचाउन जाँदा ट्याक्टरले हीरालाई नै किचेको हो । मृतक अधिकारी ७ महिनाकी गर्भवती थिइन् ।

घाइते सविनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

दुर्घटनापछि सोमबार जुम्लाबजार तनावग्रस्त बन्यो । मृतकका आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै होटल, पसल तथा बजार बन्द गराए ।

युवा, महिलाको समूहले प्रहरी कार्यालयअगाडि धर्ना दिएको थियो । मृतकका आफन्तले ट्याक्टर चालकलाई सुरक्षा दिएको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका थिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     8:09:09 PM  |