रुघा खोकी लागेको छ भने यसो गर्नुहोस, चट हुन्छ !



यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको लागि घरमै उपचार सम्भव छ।सम्भव भएसम्म यहाँ केही घरेलु खानेकुराको बारेमा चर्चा गरिएको छ जसले यी रोगहरुबाट बचाउँछ।

१. १०० ग्राम अदुवा धुलो बनाउनुस्। दुई तिन चम्चा मह त्यसमा मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक दुई/दुई चम्चा खानुस्।

२. एक कप पानीमा २/४ ल्वाङ, २/४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्। अनि एक/एक चम्चा कागतीको रस र मह मिसाएर दिनको २/३ पटक पिउनुस्।

३. गाँजर नियमित खानुस्। यसमा भिटामिन ए, सी र एन्टीअक्सीडेन्टसले निकै फाइदा पुर्याउँछ। गाँजरको रसमा २ चम्चा मह मिसाएर दिनको ३/४ पटक खानुस्।

४. हिंङमा थोरै पानी मिसाएर पेस्ट बनाउनुस्। यसलाई छातीमा लगाएर ओढ्ने ओढेर सुत्नुस्। आधा चम्चा हिगंको धुलो, १ चम्चा अदुवाको धुलो र दुई चम्चा मह मिसाएर दिनको ३/४ पटक खानुस्।

५. बिहान उठेपछि काँच्चो लसुनको ३/४ केस्रा चपाएर खानुस्। यसको एन्टी ब्याक्टेरियल विशेषता

कफ र खोकी निकोपार्न सहयोगी हुन्छ।

६.  मनतातो दुधमा केही दाना मरिच र एक चम्चा मह मिसाएर सुत्ने समयमा पिउनुस्।

७. खुर्सानी अनि मसाला भएको खानाले पनि जम्मा भएको कफबाट मुक्ति दिलाउँछ।

८.  तातो सूप (चिकेन वा खसी) पिउनुस्।

९.  जीरा ,ज्वानो , थोरै बेसार, नून राखी एक गीलास पानी उमालेर सुत्ने बेलामा पिउने गर्दा पनि

रुघा खोकीबाट पार पाउन सकीन्छ ।

१०.  तोरीको तेलमा एउटा बाल्ने कपूर तताएर छाती वरीपरी लगाएर सुत्दा रुघाखोकी बाट छाती दुख्ने सम्स्याबाट बच्न सकीन्छ ।

-bihanionline

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार