6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

बागेश्वरी बहुमुखी क्याम्पसमा रक्तदान सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४  

कोहलपुर,२१ फागुन/   बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको रजत जयन्तीको अवसरमा आइतबार रक्तदान सम्पन्न भएको छ ।

क्याम्पसका पूर्व विद्यार्थी समाज तथा स्ववीयुको संयुक्त आयोजनामा रक्तदान गरिएकोे थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम प्रकाश सुवेदीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर रजत जयन्तीको अवसरमा रक्तदान गरिएको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका सभापति दिनेश के.सी.ले बताए ।

रजत जयन्तीको अवसरमा आज  पूर्व विद्यार्थी समाज तथा स्ववीयुको संयुक्त आयोजनामा क्याम्पस परिसर समेत सरसरफाई गरिने भएको छ भने भलिबल प्रतियोगिता समेत हुने भएको छ ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष एकराज शर्माको सभापतित्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा क्याम्सका प्रध्यापक, कर्मचारी, विद्यार्थी अन्य सर्वसाधारण लगायतले रक्तदान गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसले यही फागुन २२ गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउँदै छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     7:00:37 AM  |