दोहा- कतार,
बिभीन्न पेशा व्यावसाय अध्ययन तथा अन्य उदेश्यका लागी घरदेश छोडेर परदेसमा रहेका पाल्पालीहरु एकिकृत हुदै अन्तराष्ट्रीय पाल्पाली समाजको तदर्थ समिती गठन भएको छ,बिदेशमा रहेरपनि निरन्तर आफ्नो गृहजिल्लाको बिकास तथा सम्वृदीका लागि निरन्तर चिन्तन गरिरहेका पाल्पालीहरुसगँ फ़ेसबुक गुरुपमा भएको निरन्तर छलफल पश्चात जापानमा व्यावसाय गर्दै आएका राजेश खनालको संयोजकत्वमा तदर्थ समिती गठन गरिएको छ , आफ्नो गृहजिल्लालाई सम्वृद्द वनाउने प्रयासमा सहयोग गर्दै पाल्पालीहरुसगँको सद्भाव तथा समन्यय गर्ने उदेश्यले गठित उक्त तदर्थ समितीमा सहसंयोजक गितामणी पाण्डे (युएई),महिला सहसंयोजक ओमकुमारी खाणँ(युएई) महासचिव : ईश्वर प्रसाद क़ाफ़्ले (क़तार)सचिव बिश्वबन्धु भण्डारी(जापान) सहसचिव अशोक ओस्ती(कुवेत), कोषाध्यक्ष बिष्णु गैरे (अमेरिका) सदस्यहरुमा मधु खनाल (पोर्चुगल) अमित ज्ञवाली(अष्ट्रेलिया)मिलन बिश्वकर्मा(मलेसिया) निरज भट्टराई(कुवेत) लगायत सल्लाहाकारहरुमा महेश भट्टराई, सतिष चापागाई,र लिलम चिड़ी मगर रहनुभएको छ, यस तदर्थ समितीले बिभीन्न देशमा रहेका पाल्पालीहरुलाई संस्थामा आबद्द गराउदै जतिसक्दो चाडो अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिने सचिव बिश्ववन्धु भण्डारीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्