1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

बागेश्वरी बहुमुखी क्याम्पसले रजत जयन्ती मनाउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १७, २०७४  

कविन्द्र परियार : कोलपुर,१७ फागुन/  बाँकेको कोहलपुर नगरपालिका —११ स्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसले आफ्नो स्थापनाको २५ औं वर्ष पुरा भएको अवसर पारेर आसन्न फागुन २२ गते मंगलबार रजत जयन्ती मनाउन भएको छ ।

बुधबार क्याम्पसमा पत्रकार सम्मेलन गरी रजत जयन्ती मनाउन लागिएको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले जानकारी गराएका थिए । रजत जयन्तीलाई भव्य रुपले मनाउनका लागि १६ वटा उप–समितिहरु समेत गठन गरी कामलाई तिव्रता पारिएको क्याम्पस प्रमुख शर्माले बताए ।

रजत जयन्तीको अवसरमा फागुन ११ गते देखि सुरु भएका सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप अन्र्तगत कबडी बाहेक हाजीरीजवाफ, कविता, वक्तृत्वकला, भलिबल लगायतका खेलकुदहरु समेत सम्पन्न भइसकेका छन् ।

त्यस्तै सो अवसरमा स्वतन्त्र विद्यार्थी र पुर्व विद्यार्थीहरुको आयोजनामा फागुन २० गते रक्तदान र २१ गते सरसफाई कार्यक्रम गरिने भएको छ । रजत जयन्तीको मध्यपश्चिम विश्व विद्यालयका उप–कुलपति उपेन्द्र कुमार कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ ।

सोही अवसरमा संस्थाका प्रध्यापक तथा विद्यार्थीहरु, पुर्व सञ्चालक समितिका सदस्यहरु पुर्व क्याम्पस प्रमुखहरु पछिल्लो वर्षको नतिजामा संकायगत सर्वोत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरु, क्याम्पसको विकासमा उल्लेखनिय योगदान गर्ने व्यक्ति लगायतलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।

पत्रकार सम्मलेन कार्यक्रममा क्याम्पस संञ्चालक समितिका अध्यक्ष होम प्रकाश सुवेदी, संञ्चालक समिति सदस्य भीम रावत, स्ववियू सभापति दिनेश केसी, संचालक समितिका सदस्य सूर्य ढकाल, प्रध्यापकहरु सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १७, २०७४     7:53:54 AM  |