अखिल नेपाल ट्रेड यूनियनको आयोजनामा प्रशिक्षण कार्यक्रम हुने



नेजालगञ्ज,१७ फागुन/ अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेको आयोजनामा आज प्रदेश नं. ५,६,७ को संयूक्त प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय अध्यक्ष गणेश रेग्मी, महासंघका महासचिव जगत सिंह खरा, प्रदेश इचार्ज सुशिला पुन लगायतले प्रशिक्षण दिने अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेका जिल्ला अध्यक्ष बसन्त मल्लले जानकारी दिए ।

यस्तै अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही फाल्गुन १८ गते १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता नेपागञ्जको बसपार्कमा २ दिन सम्म चल्नेछ ।

सो प्रतियोगितामा भाग लिन चाहाने टिम तथा खेलाडीहरुले फोनबाट पनि नाम दर्ता गराउन सकिने अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेका जिल्ला अध्यक्ष बसन्त मल्लले बताएका छन् ।

टिम दर्ताका गर्ने अन्तिम मिति यही फाल्गुन १७ गते सम्म तोकिएको र दर्ता शुल्क रु १ हजार निर्धारण गरिएको छ । उक्त प्रतियोतामा प्रथम पुरस्कार रु १० हजार, द्वितीय पुरस्कार सात हजार, तृतिय पुरस्कार पाँच हजार र सानत्वना पुरस्कार १ हजार ५ सय रहेको संघका सचिव राजकुमार विसीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार