समृद्धि र विकास नै आफ्नो प्रमुख एजेण्डा पूर्व सिँचाइमन्त्री गौतम



सुदीप अधिकारी : बर्दिया,१६ फागुन/  सिचाईमन्त्री छदा सिचाईमन्त्रालयको काम छिटोछरितो, प्रभावकारी र गुणस्तरिय बनाई र प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका बर्दिया १ का प्रतिनिधि सभा सदस्य एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले बर्दियाको समृद्धि र विकास नै आफनो प्रमुख एजेण्डा र प्राथमिकता रहेको बताएका छन् ।

सिचाई मन्त्रीबाट राजनीमा दिएपछि पहिलोपटक गृहनगर गुलरिया आईपुगेका सिचाईमन्त्री गौतमले मंगलवार सुहेलवास्थित आफनो निवासमा प्रेस क्लब अफ नेपाल (पी सी एन)संगको साक्षात्कारमा मन्त्री गौतमले विकास निर्माण गर्न र नेपाली कांग्रेसको संगठन निर्माणमा आफु लाग्ने बताए । हाम्रो बर्दियालाई समृद्ध र समुन्त र राम्रो बर्दिया बनाउने मेरो अभियान छ यसैमा म लाग्नेछु ः मन्त्री गौतमले भने ।

आफु मन्त्री पदमा नरहे पनि बर्दियामा सडक,पुल तथा सिचाइ पुर्वाधारको विकास गरी पर्यटन तथा कृषिमा आधारित उद्योग तथा व्यापारको विकासद्धारा आफनो निर्वाचन क्षेत्रलाई पाँच बर्षभित्र विकास र समृद्धिको हिसाबले नेपालको नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिवद्धता समेत जनाए ।

बर्दियाको विकास र समृद्धिको लागि आफु सिचाईमन्त्री हुदा मान, बबई र ओराईनदी व्यवस्थापन आयोजनाको अफीस गुलरियामा संचालन गरेर, राष्ट्रिय गौरवको भेरीबबई डाईभर्सन र बबई सिचाई आयोजनामा थप बजेटको व्यवस्था गराएको, लामो समयदेखि अलपत्र रहेको हुलाकी सडकलाई नेपाल सरकारको बजेटबाट निर्माण कार्य शुरु गराएको,गुलरियाभित्र रिंगरोड र गुलरिया जब्दी रम्भापुर सडक कालोपत्रे लगायतका महत्वपुर्ण विकास आयोजनाहरुको शुरुवात गराएको स्पष्ट पारे ।

उनले गुलरिया मुर्तीहामा नाका खोलाई स्वदेशी तथा विदेशी लगानी भित्रयाई ,भुरिगाउ सुर्खेत तेलपानी सडक निर्माण कार्य शुरु गराई र युवायुवतीहरुलाई स्थानीय स्तरमा रोजगारीका अवसर सुजना गराई बर्दियालाई समृद्ध बनाउने जिल्लावासी र आफनो सपना पुरा गरेरै छाडने विश्वास पनि व्यक्त गरे ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा निवर्तमान सिचाईमन्त्री गौतमले बर्दिया भेरी र बबई नदीको उचित ब्यवस्थापन गरि बर्दिया खेतीयोग्य जमिनमा दिगो सिचाई प्रणाली विकास गरि बाह्रै महिना सिचाई उपलब्ध भई कृषि उत्पादन बढाउने किसानहरुको सपना पुरा गराई छाडने प्रतिबद्धता पनि जनाए ।

३महिने छोटो अवधिमा कृषि, सिचाई, सडक, पुल, नदी व्यवस्थापन लगायतका कामहरु मार्फत बर्दियाको विकासका लागि धेरै काम गर्नुभएका सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएमा बर्दियामा विकासको लहर ल्याउने बताए ।  म मन्त्री नभए पनि सांसद र नेपाली कांग्रेसको सभापतिको हैसियतले पनि बर्दियामा परिवर्तन लिएर आउछु, विकासको मुल फुटाउछ र नया संभावनाको ढोका खोल्छु मलाई जिल्लावासीको सदैव साथ सर्मथनको खांचो छ ः उनले भने ।

पछिल्लोपटक बबई नदी व्यवस्थापन आयोजनाको कार्यालय गुलरियामा खोली बबई नदीको कटानको समस्या भोग्दै आएका नगरवासीलाई बबई नदीको कटान, डुबान र पटानबाट मुक्त गर्ने कार्यको शुभारम्भ समेत गरेको बताए ।

पुर्वमन्त्री एंव प्रतिनिधि सभा सदस्य गौतमले यस अघि बर्दिया बाट सभासद र मन्त्री भएको छोटो अवधिमा बर्दियाको समृद्धिको लागि नव निर्माणको यात्रा शुरु गरेको प्रष्ट पार्दै मन्त्री गौतमले बबई नदीको नरहबाट यसै वर्ष सदरमुकाम गुलरियासम्म सिचाईका लागि पानी ल्याउने आफनो पुरानो प्रतिवद्धता
दोह¥याए । उनले तत्कालिन पार्टी सभापति एंव पुर्व प्रधानमन्त्री सुशील कोईरालाको पालामा स्वीकृत १अर्ब २५करोड रुपियाका लागतमा सदरमुकाम गुलरियालाई जोडने मगरागाडि गुलरिया रजनवा बाटो केही दिनमै निर्माण शुरु हने जानकारी गराए ।

गुलरिया नेपालगंजको बाटोलाई डबल लेन गरेर लैजाने प्रकृया शुरु गरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले बर्ष ३३ करोड बिनियोजन गरेको, हुलाकी सडकलाई राजमार्गसंग जोडने ओराली बजारदेखि अम्बासा, गणेशपुरदेखि धधवार लगायतका सडककहरुका लागि पर्याप्त मात्रामा रकम बिनियोजन गराएको स्मरण गर्दे विकास निर्माणलाई गुणस्तरीय, छिटोछरितो र प्रभावकारी बनाउन स्थानीय समुदाय तथा कंग्रेस कार्यकर्ताहरुले विशेष चासो लिनुपर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार