घरेलु उद्योग कोहलपुर नगरकमिटी अध्यक्षमा जि.सी



कोहलपुर,१६ फागुन/   नेपाल घरेलु उद्योग कोहलपुर नगर कमिटीको अध्यक्षमा हेम विक्रम जि.सी निर्वाचित भएका छन । मंगलबार कोहलपुरमा सम्पन्न औद्योगिक प्रर्वद्धन तथा अन्तरक्रिया कार्यक्रमबाट जि.सी निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै कमिटीको उपाध्यक्षमा दिपेन्द्र वाग्ले, महिला उपाध्यक्षमा अशोक के.सी.सचिवमा चिन्तामणी उपाध्याय कोषाध्यक्षमा कमलराज शर्मा रहेका छन ।

त्यस्तै सदस्यहरुमा गोपाल खनाल, देवकी निरौला,निर्मला लम्साल शर्मा, युवराज गिरी, डिला कुमारी तिवारी,राम गोपाल तिवारी, घसिटे थारु,लोकेन्द्र पुन,हुर्मत के.सी,झरना देवकोटा र कल्याणा भण्डारी रहेका छन । नव निर्वाचित पदाधिकारीलाई सोमबार नै सपथ ग्रहण गराइएको छ ।

नगरकमिटी गठन कार्यक्रममा कोहलपुर नगर विकास समितीका अध्यक्ष अवराज खड्का, नेपाल कोहलपुर नगरपालिका वडा न १३ का वडा अध्यक्ष ओम प्रकाश वली, वडा नं १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का वडा न २ का अध्यक्ष कर्ण वि.सी घरेलु साना  उद्योग महासंघका प्रमुख बासुदेव सेडाई, लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार