भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको खुलासा



काठमाडौं,१४ फागुन/ भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभइ बाथटबमा डुबेर भएको खुलासा भएको छ । दुबई अस्पतालले गरेको उनको शव पोस्टमार्टमपछि उनको मृत्यु हृदयाघातले नभइ बाथटबमा डुबेर भएको खुलासा हो ।

दुबई प्रहरीले ट्वीट गर्दै श्रीदेवीको मृत्यु बाथटबमा पानीमा डुबेर भएपनि हत्या भने नभएको स्पस्ट पारेको छ ।उनको रगतमा अल्कोहलको समेत मात्रा देखिएको जनाइएको छ ।

उनको पार्थिव शरीर सोमबार (आज) रातिसम्म मुम्बई ल्याइने जनाइएको छ । शनिबार राति उनको युएईमा भतिजाको विवाहमा सहभागी हुनेक्रममा मृत्यु भएको थियो । उनको मंगलबार (भोलि)मात्र अन्त्येष्टि गरिने भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

चार वर्षको उमेरदेखि कलाकारिता थालेकी श्रीदेवी ५४ वर्षकी थिइन् । उनले ‘मिस्टर इन्डिया’, ‘चाँदनी’, ‘मावली’, ‘तोफा’, ‘चालबाज’, ‘लमहे’, ‘खुदा गवाह’, ‘जुदाई’जस्ता निकै चर्चित चलचित्रमा अभिनय गरेकी थिइन् ।

३०० भन्दा बढी चलचित्र खेलेकी श्रीदेवीलाई बलिउडमा ‘लेडी अमिताभ बच्चन’का नामले पनि चिनिन्छ । उनी अभिनिति अन्तिम चलचित्र ‘जिरो’ आगामी डिसेम्बरमा रिलिज हुँदैछ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १४ गते सोमबार