29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

आधा दर्जन विद्यालयमा शिक्षक विहिन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

सल्यान,१४ फागुन/  पश्चिम बनगाड कुपिन्डे नगरपालिकामा अधिकाश विद्यालयमा शिक्षक नियूक्तिमा ढिलाइ भएको छ । बनगाड कुपिन्डे नगरपालिकामा नगर शिक्षा समिति नबन्दा शिक्षक नियूक्तिमा ढिलाइ भएको छ ।

शिक्षक नियुक्ति नभएका विद्यालयहरुमा नगरपालिका कै केन्द्रमा रहेको प्रभाकर उच्च मावि बनगाड कुपिन्डे नगरपालिका १ देवस्थलमा प्रा वि अस्थायी दरबन्दी लेखापाल र प्लस टु को दरबन्दी खाली रहेको छ ।

जनता प्रा वि बनगाड कुपिन्डे नपा ४ डोप्केमा प्रा वि अस्थायी दरबन्दी खाली छ , जनता प्रा वि विक न.पा.–४ रोकागाउ चिहान डाडामा प्रा वि अस्थायी , कृष्ण प्रावि बकु नपा ४ खरेखोला अस्थायी कुपिन्डेश्वरी प्रा वि बनगाड कुपिन्डे नगरपालिका ८ मा अस्थायी र नवजोती माबी बनगाड कुपिन्डे नगरपालिका ८ बाबियाचौरमा अग्रेजी राहत शिकहक दरबन्दी खाली रहेका छन् ।

अधादर्जन बिद्यालयमा शिक्षक नियुक्त नहुदा विद्यालयर्थीहरुको भविष्य अन्यौलता छाएको छ । सबै बिद्यालयहरुमा विज्ञापन खोले पनि परिक्षा हुन सकेको छैन । सम्बन्धित पक्ष भने मौन छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     8:08:19 AM  |