20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

मानव वेचविखन विरुद्ध जनचेतना अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

नेपालगञ्ज,१४ फागुन/  हाम्रो आवाज चेलिबेटी वेचविखनबाट मुक्त समाज भन्ने मुल नाराका साथ शूरु भएको मेची महाकाली जनचेतना अभियान कार्यक्रममा सडक नाटक, नृत्य, लगायतका चेलिबेटी वेचविखन विरुद्ध चेतनामुलक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

मेची महाकाली जनचेतना अभियान कार्यक्रमको बारेमा जानकारी माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले दिएका थिए । खाडी मुलुकमा नेपाली चेलीवेटीबढी बेचविखन हुने भएको हुनाले यसलाई रोकथाम गर्न आम नेपाली नागरिक लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा उपस्थित नेपालगन्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगरले बेचबिखन बिरुद्ध युवाहरुको आवाज महत्वपुर्ण रहेको बताइन् । यस्तै कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका मेयर धवल शम्शेर राणाले खाडी मुलुकमा जाने, बेरोजगारीले गर्दा वेचविखन हुने गरेको बताए ।

जबसम्म हाम्रो देशमा गरिवी र अशिक्षाको अन्त्य हुदैन तबसम्म यस्ता विकृति आउने कार्य भैरहने भएको हुनाले यस विरुद्ध जनचेतना जगाउन जरुरी रहेको
उनले बताए । माइती नेपालले आवाज र राम्रो अभियान ल्याएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

साथै आफुले पनि यस अभियान कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले मानव वेचविखनलाइ हामीले सिमित रुपमा हेर्ने भएकाले अहिले यो जटिल भएको बताए ।

हाम्रो धार्मिक परम्पराले गर्दा पनि चेलिवेटी वेचविखन बढी हुने गरेको प्रजिअ केसीले बताए । हामीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा कडा निति नियम बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर, उप–मेयर, प्रहरी प्रमुख, पत्रकार तथा विभिन्न विद्यालयका विद्यार्थीहरको सहभागीता रहेको
थियो ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     7:24:50 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *