५ वर्षमा बघौडा क्षेत्र नमुना बनाउछुः सांसद नमुना



नेपालगञ्ज,१४ फागुन/   बाँके क्षेत्र नम्बर १ (क) की प्रदेशसभा  सदस्य कृष्णा केसी (नमुना) ले बाँके बघौडा क्षेत्रमा खेलकुदको विकासको लागि सहयोग गर्ने प्रतिवद्वता जनाएकी छन् ।

बाँकेको नरैनापुर गाउँपालिका २ लक्ष्मणपुरमा आइतबार चौथौं खुल्ला क्रिकेट प्रतियोगिताको समापन गर्दै उनले सो कुरा बताएकी हुन् । यस क्षेत्रमा राम्रा खेलाडिहरु रहेका छन्, सांसद नमुनाले भनिन,– ‘लुकेर रहेका प्रतिभावान खेलाडिहरुलाई बाहिर ल्याउन सबैले सहयोग गर्नुपर्छ ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खेलकुदका गतिविधि कम हुने बताउँदै उनले खेलकुदका गतिविधि बढाउनको लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताए ।

५ बर्षमा बघौडामा खेलकुदसँगै अन्य कुराहरुले समेत फन्को मार्ने गरी आफुले काम गर्ने सांसद नमुनाले प्रतिवद्वता जनाएकी हुन् । अबको केही वर्षभित्रै यस
क्षेत्रमा सडकको सहज पहुँच र बिजुली बल्ने समेत उनको भनाई रहेको थियो ।

बघौडाबासीको मतलाई खेर जान दिदैन उनले भनिन,– त्यसका लागि आफुले योजना बनाएर काम गरिरहेकी छु । योजना अनुसार काम गर्दै जादा राप्तीसोनारी र नरैनापुरमा विकासले गती लिन्छ सांसद नमुना बताएकी हुन् ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष आंतक बस्नेत, सदस्य चित्रा केसी, माओवादी केन्द्रका युवा नेता सुर्य घर्तीमगर, बुद्विजिवी अर्जुन पौडेल लगायतको उपस्थिती रहेको थियो । कादरी युवा स्पोस्र्टस क्लबको आयोजना क्रिकेट प्रतियोगितामा भारतका ४ टिम सहित १६ टिमको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १४ गते सोमबार