मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४
बर्दिया,१३ फागुन/ बर्दियाको मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा अपरिचित व्यक्तिले बम विष्फोट गराएका छन् ।
मोटसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फालेको केही बेरमै विष्फोट भएको स्थानीय विकाश केसीले जानकारी दिनुभयो ।
विष्फोटबाट उपमेयर बस्ने कोठाको झ्याल र भित्तामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अन्य क्षति भएको विवरण आउन बाँकी छ । बम विष्फोट भएको ठाउँमा प्रहरी पुगेर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।