बर्दियामा अपरिचित व्यक्तिद्वारा बम विष्फोट



बर्दिया,१३ फागुन/  बर्दियाको मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा अपरिचित व्यक्तिले बम विष्फोट गराएका छन् ।

मोटसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फालेको केही बेरमै विष्फोट भएको स्थानीय विकाश केसीले जानकारी दिनुभयो ।

विष्फोटबाट उपमेयर बस्ने कोठाको झ्याल र भित्तामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

अन्य क्षति भएको विवरण आउन बाँकी छ । बम विष्फोट भएको ठाउँमा प्रहरी पुगेर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १३ गते आइतबार