24 September 2023  |   आइतवार, अशोज ७, २०८०

मदन भण्डारी स्पोर्टसको अध्यक्षमा शाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४  

कोहलपुर,१२ फागुन/  बाँकेको नेपालगञ्जस्थित मदन भण्डारी स्पोर्टस एकेडेमी वृहत जिल्ला कार्यकर्ता भेला गरी कोहलपुर नगर कमिटी गठन गरेको छ ।

कोहलपुर नगर कमिटीमा ११ सदस्य सहित अध्यक्षमा राजु शाहीलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै उपाध्यक्ष सेरेस अधिकारी, सचिव अमृत खत्री, कोषअध्यक्ष विकास शाही रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथ्यतामा केन्द्रिय उपाध्यक्ष धुव्र आचार्य, विशिष्ट अथिति जिल्ला नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष अशोक कोइराला, बाँके जिल्ला सचिवालय सदस्य सुर्य ढकाल लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रमका संचालक अनेरास्ववीयू जिल्ला कमिटि सदस्य टेकेन्द्र मल्लले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     7:41:29 AM  |