दाजुले गरे वहिनीको हत्या



सुदीप अधिकारी/ बर्दिया, ११ फागुन/ जिल्लाको बारबर्दिया नगरपालिका–३ बेलवाबज्जामा एक दाजुले वहिनीको हत्या गरेका छन् । बेलवाबज्जा निवासी १५ वर्षीया साबित्री थारुलाई उनको दाजु नाता पर्ने १७ वर्षीय श्यामलाल थारुले हत्या गरेका हुन् ।
घरमा सुतिरहेको बेला बिहीबार राती करिव १२ बजे तिर श्यामलालले वहिनीलाई धारिलो हतियार फरुवाले हिर्काएर थिए । चोटबाट घाइते भएकी साबित्रीलाई उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेज पुर्याइएको थियो । घाइते साबित्रीको शुक्रबार विहान ३ बजे तिर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपी श्यालाललाई प्रहरीले पक्राउ गरि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ११ गते शुक्रबार