15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

कोहलपुर गौशाला निर्माण समितिमा आचार्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४  

कोहलपुर,११ फागुन/   बाँकेको कोहलपुरस्थित बेवारिसे अवस्थामा छोडिएका गाई÷गोरुहरुका लागि कोहलपुर गौशाला निर्माण तदर्थ समति गठन गरिएको छ । सो गौशाला निर्माण तदर्थ समितिका अध्यक्ष कृष्ण कुमार आचार्य सहित सात सदस्यीय रहेको छ ।

त्यस्तै उपाध्यक्षमा कमल शाही, सचिव तेज प्रसाद भण्डारी, कोषाध्यक्ष शान्ता मरासिनी, सदस्य जगन्नाथ गौतम, जनकलाल उपाध्याय, सागर खड्का, सल्लाहाकार वद्रि सापकोटा, बुद्धिसागर सापकोटा, हरि प्रसाद उपाध्याय, मोतिलाल शाही लगायतको समति गठन गरिएको छ ।

लामो समयदेखि कोहलपुर नेपालगञ्ज सडक खण्डमा बेवारिसे अवस्थामा छोडिएका गाई गोरुहरुले विभिन्न मानवीय तथा बालिनालीमा समेत क्षति भइरहेकोले व्यवस्थापन गर्नका लागि कोहलपुर गौशाला निर्माण तदर्थ समति गठन गरिएको सल्लाहाकार मोतिलाल शाहीले बताए ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४     7:24:48 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *