24 September 2023  |   सोमवार, अशोज ८, २०८०

हात्तीपाईले निवारण अभियान बारे अन्तरक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४  

कोहलपुर,११ फागुन/   हात्तीपाईले रोग निवारण बारे एक दिने अन्तरक्रिया कार्यक्रम विहिबार कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका–११ मा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम कोहलपुर स्वास्थ्य चौकीको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको विषयवस्तु बारे प्रकाश पार्दै कोहलपुर स्वास्थ्य कोहलपुर स्वास्थ्य चौकीका प्रमुख अनिल सेन ठकुरीले पहिलो दिन टोलटोलका बुथ सेन्टरहरुमा
औषधी खुवाउने, दोस्रो दिन घरघरमा स्वास्थ्य स्वंयम सेविकाहरु पुगेर औषधी खुवाउने र छुटेकाहरुलाई तेस्रो दिन खुवाउने गरी कार्यक्रम बनाइएको बताए ।

हात्तिपाईले रोगको न्युनिकरण नभएपछि जिल्लामा आठौं चरणअन्तर्गतको अभियान शुरु गर्न लागिएको प्रमुख ठकुरीले बताए । सातौ चरण सम्म औषधी खुवाएर अभियान पुरा हुने भएपनि बाँकेमा यस अगाडिका कार्यक्रमहरुमा औषधी खानेहरुको संख्या कम भएकाले आठौं चरणमा औषधी खुवाउने कार्यक्रम राखिएको हो ।

हात्तीपाईले रोग लागि सकेपछि यो रोगको उपचार नै नभएकोले सबैल अनिवार्य रुपमा औषधी सेवन गर्नुपर्ने समेत ठकुरीले आग्रह गरेका छन् ।
साथै दुई वर्ष नपुगेका बालबालिका, विरामी, दिर्घरोगी, गर्भवती आमाहरु र ७ दिनसम्मका सुत्केरी आमाहरुले यो औषधी खान नहुने ठकुरीले बताए ।

प्रत्यक्ष निगरानीमा औषधी खुवाउनका लागि कोहलपुर नगरपालिकाका ७ देखि १३ नम्बर वडासम्मका लागि १ सय ७१ जना स्वास्थ्य स्वंसेवक खटाइने भएको कोहलपुर स्वास्थ्य चौकीले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, वडा सदस्य हरिकला सुनार, बच्चु थारु राजनितिक दलका प्रतिनिधि स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, संञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४     7:15:39 AM  |