19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

पशुपति मन्दिरमा अस्मिता दाहाल ले के देखिन ? जस्ताको तेस्तै ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

पशुपति मन्दिरमा मैले जे देखे: लेखक अस्मिता दाहाल

काहीँ नभएको जात्रा हाडिगाउमा भन्ने उखान हिजो महानपर्व शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा चरितार्थ भयो ।यो मैले भोगेको कुरा मात्र हैन हिजो जति पनि लाईन बसेर पुजा गर्न जानुभएका भक्तजन उहाँहरू सबैले भोगेको कुरा हो ।लाईन बसिरहेका भक्तजनलाई बिभिन्न संस्थाका नाममा खटिएका स्वयंसेवकले मनपरि मुख छाड्ने ,५/६ घन्टा लाईन बसेर जब पशुपतिनाथ मन्दिर भित्र प्रबेस गरियो नाग्गा बाबाहरुले जबर्जस्ती पैसा माग्ने ,अनि म मन्दिरको मुल ढोकामा पुगे तब मात्र थाहा भयो ४ वटै ढोका बन्द रहेछ त्यसको जानकारी भक्तजनलाई पहिलै हुनुपर्ने तर कुनै जानकारी थिएन ।तर जानकारी नहुनुको कारण अरुनै देखियो भक्तजनले लगेको पुजा सामाग्री त्याहा खटिएका सुरक्षाकर्मीले हातबाट थुतेर त्यहीँ छेउमा भएको टोकरीमा फालियो ।एक लाईनमा बसेर पनि अाफुले लगेको पुजा सामाग्री भगवानलाई नचडाई जबर्जस्ती खोसेर फालिन्छ,अर्को कुरा ४ ढोका बन्द भएको बेलामा भगवानको दर्शन गर्न नदिकन हुत्याईन्छ तर पनि पशुपति बिकासकोषका कर्मचारी भन्नुहुन्छ हामीले राम्रो ब्यबस्थापन गरेका छौ म पत्रकार साथीहरूलाई पनि भन्न चाहन्छु तपाईंहरू बास्तबिकता बाहिर किन ल्याउनु हुन्न ???? मै हु २०७२ सालको शिवरात्रिमा ११ घन्टा लाईन बसेर पुजा गर्ने मान्छे अब भन्नुस तपाईंहरूको ब्यबस्थापन कुन पशुपतिनाथ मन्दिरमा गर्नु भयो।यो कुरालाई सामान्य नठानि चौतर्फी बिरोध गर्नु जरुरी छ। र नेपाल सरकारले पनि शिव रात्रि को नाममा पशुपतिनाथमा नाङ्गै भएर बिकृति फैलाउने बाबा हरु को कारबाहि लागि ध्यान दियोस ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     8:24:21 PM  |