2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

तीन दिने कार्यशाला गोष्ठी सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४  

कोहलपुर,८ फागुन/   नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा बाँकेको कोहलपुरमा ३ दिने अनुसन्धानमुखी कार्यशाला सुरु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजका प्राचार्य प्रो. एस.एम. मिश्राको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यशाला गोष्ठीमा ७० जना भन्दा बढी मेडिकल कलेजमा चिकित्सक, रेजिडेन्ट, मेट्रोन, जनस्वास्थ्य विशेषज्ञ लगायतको सहभागीता रहेको थियो ।

स्वास्थ्य क्षेत्रमा नयाँ कुराहरु पत्ता लगाउन, दक्ष जनशक्ति उत्पादन गर्न, नयाँ रोगहरु पत्ता लगाउन यो कार्यक्रमको आयोजना गरिएको नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम बि.क.ले बताए ।

नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. सुमित पाण्डे तथा वरिष्ठ नाक, कान, घाँटी विशेषज्ञ डा. ऋृषि भट्टको पहलमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४     7:56:23 AM  |