तक्षशिलाको दोस्रो अभिभावक दिवस सम्पन्न 



कोहलपुर,८ फागुन/   बाँकेको कोहलपुर नगरपालिका—१० स्थित तक्षशिला एकेडेमीको अभिभावक दिवस तथा पाककला प्रदर्शनी सोमबार सम्पन्न भएको छ ।

प्रर्दशनीको विद्यालयका संञ्चालक समितिका अध्यक्ष पुष्कर रिजालले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले थुप्रै परिकारहरु पकाएर स्टलमा रखेर प्रदर्शनी गरेका थिए ।

साथै स्टलमा विद्यार्थीहरुले प्राथामिक उपचार विज्ञान प्रर्दशनी तथा अन्य सुचना मुलक स्टलहरु समेत राखिएका थिए ।कार्यक्रममाम विद्यालयका विद्यार्थीहरुले नृत्य गीत लगाायतका प्रस्तुतिहरु समेत प्रर्दशन गरेका थिए ।

सो अवसरमा वर्षभरी संञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा उत्कष्ट स्थान प्राप्त ल्याउन सफल विद्यार्थीहरुले पुरस्कार समेत प्रदान गरिएको थियो । साथै सो अवसरमा अभिभावकहरुलाई भाग्य चिट्ठा तथा कला प्रर्दशन समेत गराइएको थियो ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजंका प्रध्यापक राज कुमार चन्दले विद्यालयका शिक्षक अभिभावक तथा विद्यार्थीहरुलाई सकारात्मक परिवर्तन बारे परामर्श गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कमल पछाई, पत्रकार विष्णु प्रसाद बेलबासे,अभिभावक, विद्यार्थी संञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो कार्यक्रम विद्यालय संञ्चालक समितिका अध्यक्ष पुष्कर रिजालको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यालयका प्रिन्सिपल खोपीराम वलीले संञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ८ गते मंगलबार