24 September 2023  |   आइतवार, अशोज ७, २०८०

कोहलपुर नगरपालिकाद्वारा नगरपालिकाभित्रका विद्यालका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४  

कोहलपुर,८ फागुन/   राष्ट्रिय प्रजातन्त्र दिवसकै अवसरमा कोहलपुर नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका प्रावि एवं आधारभूत तह तथा मावि तहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको कार्यालयमा सोमबार दिउसो कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतको हातबाट सो सामाग्रीहरु वितरण गरिएको हो ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा प्रावि एवं आधारभूत तह तर्फ १ सय ६८ जना जेहेन्दार तथा आर्थिक विपन्नता भएका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक समाग्री र आतायात खर्च वितरण गरिएको छ । आधारभूत तहमा पोशाक सहित शैक्षिक सामाग्री र मावि तहमा शैक्षिक सामाग्री मात्र वितरण गरिएको कोहलपुर नगरपालिकाका प्रशासन अधिकृत हरी बहादुर वलीले बताए ।

पोशाकमा १सय ६८ जना छात्र–छात्राहरुलाई एक÷एक वटा सर्ट र पाइन्ट उपलब्ध गराइएको छ भने आधारभूत तह र मावि तहका २ सय ७७ जना छात्र–छात्रहरुलाई एक÷एक झोला , एक सेट (१० वटा) डटपेन,एक ज्वोमिट्रिबक्स,एक दर्जन कपी र एक अंग्रेजी डिक्सनरी दिइएको छ ।
कोहलपुर नगरपालिका भित्रका १५ वटै वडाका २२ विद्यालयहरुका १ सय ६८ जना छात्र–छात्राले पोशाक र २ सय ७७ जना विद्यार्थीहरुले शैक्षिक सामाग्री प्राप्त गरेका हुन ।

आफ्नो विद्यालयका छात्र–छात्रले पोशाक तथा शैक्षिक सामाग्री प्राप्त गरे पश्चात कोहलपुर नगरपालिका –११ म रहेको श्री ज्ञानज्योति मावि बगियाका प्रध्यानापक गोविन्द राज श्रेष्ठले आफ्नो विद्यालयका १० जना छात्र–छात्राहरुले पोशाक तथा शैक्षिक सामाग्री प्राप्त गरेकोमा खुशी लागेको बताउदै यस्तो कामले जेहेनदार तर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई थोरै भए पनि राहत हुने बताए । साथै श्रेष्ठले यस्ता कार्यक्रमहरुलाई नगरपालिकाले निरन्तरता दिनु पर्ने सुझाव दिए ।

सबै वडाका सबै विद्यार्थीहरुलाई नगरपालिकामै सामाग्री वितरण गर्न गाह्रो हुने भएकाले प्रत्येक वडाका अध्यक्षहरुलाई सो सामाग्री बुझाइएको र वडा कार्यालयले आफ्नो वडामा छनौटमा परेका जिद्यालयमा कार्यक्रम गरी सो वितरण गर्ने नगर प्रमुख रावतले बताए । पोशाक वितरण आ.व. २०७३÷०७४को सोही शीर्षकको बाँकी रहेको रु २ लाखको बजेटबाट र शैक्षिक सामाग्री चालु आ.व.को नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तरगतको रु ५ लाख मध्येको बजेट बाट वितरण गरिएको कोहलपुर नगरपालिका योजना विभागका पुरुषोत्तम पोखे्रलले जानकारी गराएका छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०७४     7:45:11 AM  |