20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

एपिएफ पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल च्याम्पियन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

नेपालगन्ज, ७ फागुन/  पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ । सोवबार भएको उपाधि भिड्न्तमा एपीएफले शिवम् न्यु डायमण्ड एकेडेमीमाथी ३–२ को कठिन जित निकाल्यो ।

शिवम् न्यृडायमण्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । दोश्रो र तेश्रो सेटमा खेलमा फर्कदै एपीएफले २५–२१ र २५–१६ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो ।

चौथो सेटमा शिवम् न्यु डायमण्डले पुनरागमन गदैे २५–२१ ले आफनो नाममा गर्दै खेललाई २–२ को बराबरीको अवस्थामा पुयाएको थियो । रोमाञ्चक बनेको अन्तिम सेटमा भने दुइ पटक शिवम न्यु डायमन्ड म्याच प्वाइन्टमा पुगेर चुकेपछि खेल एपिएफले १९–१७ ले जित्यो ।
रोमाञ्चक बनेको फाइनलमा शिवम न्यु डायमन्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन । तर टिमले भने उपाधि जित्न सकेन । त्यसै गरी मञ्जु गुरुडले १८ अंक बनाइन ।

एपिएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेबिका चौधरीले २१ अंकको योगदान दिएकी थिईन् । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर न्यु डायमन्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी र उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा केसी पुरस्कृत भइन ।

प्रतियोगिताको विजेता टोली एपिएफले २ लाख, उपविजेता न्यु डायमन्डले १ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार पायो । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुड, महासचिव जितेन्द्र बहादुर चन्द्, नेपालगन्ज नगरपालिका उपमेयर उमा थापा, सुशिल कोइराला स्मृती प्रतिष्ठानका सदस्य सचिव अतुल कोइराला, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली, आयोजक कमिटी अध्यक्ष टिएस ठकुरी लगायतले प्रदान गर्नु भएको थियो ।

 

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     8:14:02 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *