21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

कोहलपुर मेडिकल कलेजमा अत्याधुनिक सिटि स्क्यान जडान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

कोहलपुर,७ माघ/    बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आधुनिक सिटि स्क्यान १२८÷५०० र सिटि स्क्यान १.५० को आइतबार एक कार्यक्रमका बिच सेवा प्रारम्भ गरिएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले सो आधुनिक मेसिनको उद्घाटन गरेका छन् ।

नयाँ जडान भएको सिटि स्क्यान अहिले सम्म मध्य तथा सुदुर पश्चिममा भएका सिटि स्क्यान भन्दा आठ गुण तिव्र र तीन गुण महङ्गो रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रबन्धक निर्देशक सुरेश कुमार कनौडियाले बताए ।

कनौडियाका अनुसार सो सिटि स्क्यान १२८÷५०० र सिटि स्क्यान १.५ टेस्लाले शरिरको कुनै पनि अंगको सुक्षम् अध्ययन, जाँच गर्न सक्ने, शरीरका सम्पूर्ण अंगहरुको चेकजाँच गर्ने र यस बाहेक अत्याधुनिक प्रविधिले सिक्केल कलका लागि रगत जाँच गर्ने बताए ।

साथै केही समय भित्र अस्पतालमा दुरबिन प्रविधिले हाड–जोर्नीहरुको जाँच र आपरेशन सुविधा, आईसियू सेवा विस्तार हुने पनि कनौडियाले जानकारी गराएका छन् ।

कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले जनताको भावना अनुसार सम्पूर्ण रोगहरुको उपचार कोहलपुरमै गराउनका लागि आधुनिक मेसिनहरु जडान गर्नुपर्ने भन्दै अस्पतालले जनताको आवश्यकतालाई ध्यान दिएर सिटि स्क्यान जडान गरेकोमा सुशि व्यक्त गरेका थिए ।

साथै सिटि स्क्यान १२८÷५०० चितवन भन्दा यताकै पहिलो भएको डा. दिनेश श्रेष्ठले बताए । जनताको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सिटि स्क्यान १२८÷५०० जडान गरिएको बताए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा अहिले सम्म एक हजार ७ सय १८ जना एमबिबिएस, १ सय ४० एमडि, ४ जना एमएसी र ६ सय २९ जना स्टार्फ नर्स उत्पादन गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     7:00:39 AM  |